बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक बस्दै


    हुलाक प्रेस

    • सोमबार, वैशाख ८ २०८२०८:२३
    न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक बस्दै

    काठमाडौँ । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक सोमबार बस्दैछ । आइतबार कुनै सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

    आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुंगिएको थियो । परिषद्का एक सदस्यका अनुसार आइतबार न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न सकेको थिएन । 

    हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी अदालतहरूमा ३३ न्यायाधीश रिक्त छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २२ गते न्याय परिषद्को सदस्यमा संसदीय सुनुवाइबाट अनुमोदन भएका दामोदर खड्कालाई नियुक्त गरेसँगै न्याय परिषद्ले पूर्णता पाएको थियो । 

    तर, पछिल्लोपटक बार र बेन्चबिच खटपट बढेसँगै न्यायाधीश नियुक्ति हुन सकेको थिएन । हालै बारमा विजय मिश्रसहितको नयाँ नेतृत्व बारमा आएको छ । 

    बारमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशले सक्रियता बढाएका हुन् । हाल प्रधानन्यायाधीश राउत नेतृत्वको परिषद्मा सदस्यहरू वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र सदस्य सचिवका रूपमा यमबहादुर बुढामगर रहेका छन् ।


    प्रतिक्रिया दिनुहोस