आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना, चालकसहित चारजनाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, वैशाख ८ २०८२०८:४८
    कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना, चालकसहित चारजनाको मृत्यु

    काठमाडौँ । कालीकोटको पलाँता गाउँपालिका –९ थिर्पूदेखि खाद्यान्न बोकेर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार राती १२ बजे भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, दुर्घटनामा परि ज्यान गुमाउनेमा पलाँता गाउँपालिका-५ की ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ की ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रबिन्द्र विश्वकर्मा, र ट्याक्टर चालक मुगु खत्याडका चन्द्रप्रकाश रोकाया रहेका छन् ।

    स्थानीयका अनुसार ट्याक्टर झन्डै २०० मिटर तल खसेको छ । गहिरो खोंचमा खसेकोले ट्याक्टरको नम्बर प्लेट पत्ता लगाउन कठिन भइरहेको बताइएको छ ।


    प्रतिक्रिया दिनुहोस