आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी आज


    हुलाक प्रेस

    • सोमबार, वैशाख ८ २०८२०८:५५
    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी आज

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुँदैछ ।

    सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी हुन् । उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको सर्वाेच्च अदालत प्रशासनले जानकारी दिएको छ ।

    यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वाेच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा सर्वाेच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ ।

    उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन् ।

    बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर, उक्त आदेश तुलसीपुर उच्च अदालतको बुटवल इजलासले चैत २२ गते बदर गरेर थुनामा पठाउन अर्काे आदेश दिएको थियो । उक्त आदेश आएकै दिन राति रविलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट २३ गते रुपन्देही लिएर भैरहवा स्थित जिल्ला कारागारमा राखिएको छ ।


    प्रतिक्रिया दिनुहोस