आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोक्यो निमित्त उपकुलपति


    हुलाक प्रेस

    • सोमबार, वैशाख ८ २०८२१२:२३
    सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोक्यो निमित्त उपकुलपति

    काठमाडौं । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ ।

    उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहिबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् ।

    त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्रा.डा. पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. संजीव शर्मालाई दिइएको छ ।


    प्रतिक्रिया दिनुहोस