आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कोशीमा नुहाउने क्रममा मामा-भाञ्जा बेपत्ता


    हुलाक प्रेस

    • सोमबार, वैशाख ८ २०८२१२:२८
    कोशीमा नुहाउने क्रममा मामा-भाञ्जा बेपत्ता

    विराटनगर । सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता भएका छन् ।

    सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोलाको कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।

    सोमबार ८:३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस