आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • शिक्षक आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्रीद्वारा राजीनामा


    हुलाक प्रेस

    • सोमबार, वैशाख ८ २०८२०८:१६
    शिक्षक आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्रीद्वारा राजीनामा

    काठमाडौँ । विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको २० दिनमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । 

    नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीबाट राजीनामा आएको हो । 

    मन्त्रिपरिषदबाट शिक्षकहरुको मागबारे आवश्यक निर्णय हुने अपेक्षा गरिएकै बेला बैठकको केहीबेर अघि उनले राजीनामा दिएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास पुगेर उनले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पत्र थमाएकी हुन् ।  


    प्रतिक्रिया दिनुहोस