शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बालकृष्ण खाँणको निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ हुँदै


    हुलाक प्रेस

    • बिहीबार , मंसिर २८ २०८००९:४६
    बालकृष्ण खाँणको निवेदनमाथि  आज उच्च अदालतमा सुनुवाइ हुँदै

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालत पाटनमा आज पेसी रहेको छ । 

    यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाँणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो । 

    उक्त निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुनेगरी पेसी तोकिएको थियो । आजको सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ ।


    प्रतिक्रिया दिनुहोस