आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दानव नदीमा बेपत्ता भएका २ बालकको शव फेला


    हुलाक प्रेस

    • मंगलबार, वैशाख ९ २०८२०८:५९
    दानव नदीमा बेपत्ता भएका २ बालकको शव फेला

    काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका अन्य दुई जनाको शव पनि फेला परेको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षे मुनु हरीजनको शव फेला परेको हो । उनीहरु सोही ठाउँका हुन् ।

    सोमबार बेपत्ता भएका उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो ।

    बालकको खोजीका लागि सोमबार राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।


    प्रतिक्रिया दिनुहोस