आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा


    हुलाक प्रेस

    • बुधबार, वैशाख १० २०८२११:२१
    गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा

    काठमाडौँ । गभर्नर विवादसम्बन्धी रिट र रिटमाथि परेको पूरक निवेदन न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

    ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई पनि गभर्नर नियुक्त गर्न मिल्नेगरी संशोधित अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति मापदण्डविरुद्धको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको सर्वाेच्चमा पूरक निवेदन परेको थियो। 

    आइतबारयता निरन्तर तीन दिन गभर्नर विवादसम्बन्धी रिट र निवेदनको पेसी तोकिने तर हेर्न नभ्याइनेमा परेको थियो  ।  आज इजलासको एघारौँ नम्बरमा उक्त रिट र निवेदनमाथि पेसी तोकिएको छ ।


    प्रतिक्रिया दिनुहोस