आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कस्मीर आक्रमणमा बुटवलका सुदिपको मृत्यु, शव नेपाल ल्याउने तयारी


    हुलाक प्रेस

    • बुधबार, वैशाख १० २०८२०२:०१
    कस्मीर आक्रमणमा बुटवलका सुदिपको मृत्यु, शव नेपाल ल्याउने तयारी

    काठमाडौं । भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा मृत्यु हुनेमा एक नेपाली रहेको पुष्टि भएको छ । 

    मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का सुदीप न्यौपाने रहेको गृह प्रसाशनले पुष्टि गरेको हो । 

    केही दिन अगाडि आमा, बहिनी र ज्वाँइसँग न्यौपाने कस्मीर घुम्न गएका थिए । 'भारतको स्विट्जरल्यान्ड' भनेर चिनिने कश्मीरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगाममा आतंकवादीको हमलामा परी कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।

    सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी भइरहेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाउन लागेको जनाएको छ । 

     


  • सम्बन्धित विषय:

  • # #death
  • # #kasmirattack
  • प्रतिक्रिया दिनुहोस