आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट


    हुलाक प्रेस

    • बुधबार, वैशाख १० २०८२०२:४१
    प्रधानमन्त्रीसँग  फुटबल खेलाडी कार्लोसको भेटघाट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।

    विश्वविजेता कार्लोस नेपाल सुरपल लिग एनएसएलको तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए ।

    प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । 

    प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।


    प्रतिक्रिया दिनुहोस