बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कश्मिर घटनापछि भारतले खारेज गर्यो पाकिस्तानसँगको सिन्धु जल सम्झौता


    हुलाक प्रेस

    • बुधबार, वैशाख १० २०८२१०:४३
    कश्मिर घटनापछि भारतले खारेज गर्यो पाकिस्तानसँगको सिन्धु जल सम्झौता

    काठमाडौं । भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि बुधबार साँझ बैठक बसेको थियो ।

    उक्त हमलापछि साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी बुधबार मात्रै फर्किएका थिए । उनले उक्त हमला गर्ने समूहलाई नछाड्ने चेतावनी दिइसकेका छन् । मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको गोली हानेर हत्या गरेका थिए । घटनामा थुप्रै घाइते भएका थिए ।

    यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मु–कश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।


    प्रतिक्रिया दिनुहोस