बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कश्मिर घटनापछि पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन, अरु के-के भए निर्णय ?


    हुलाक प्रेस

    • बुधबार, वैशाख १० २०८२१०:५४
    कश्मिर घटनापछि पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन,  अरु के-के भए निर्णय ?

    काठमाडौं । काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् बैठक (सीसीएस)ले पाकिस्तानी नागरिकलाई ४८ घण्टा भित्र भारत छोड्न निर्देशन दिने लगायत पाँच वटा कठोर निर्णय गरेको हो ।

    बुधबार बसेको बैठकले पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश दिएको छ । त्यस्तै पाकिस्तान उच्चायोगमा रहने संख्या ५५ बाट ३० मा घटाइने, पाकिस्तानीलाई दिएको सबै भिसा रद्द गर्ने, अटारी बागा बोर्डर बन्द गर्ने र सिन्धु जल सम्झौता पनि स्थगित गर्ने निर्णय गरेको छ ।

    बैठक झण्डै साढे दुई घण्टा चलेको थियो । रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, एनएसए अजित डोभाल लगायत धेरै अधिकारीहरू बैठकमा उपस्थित थिए।

    यस्तै भारतीय सरकारले बिहीबार सर्वदलीय बैठक बोलाएको छ। अर्कोतर्फ, पहलगामको बैसरणमा भएको आतंकवादी हमलाको दोस्रो दिन बुधबार श्रीनगरदेखि दिल्लीसम्म श्रृंखलाबद्ध बैठकहरू आयोजना गरिएको दैनिक भास्करले लेखेको छ ।


    प्रतिक्रिया दिनुहोस