काठमाडौं । भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको बिहीबार अन्त्येष्टि गरिएको छ ।
बिहीबार बिहानै सुदिपको शव गृहनगर ल्याइएको र आजै त्रिवेणीमा अन्त्येष्टि गरिएको हो ।
शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो ।
केही दिन अगाडि सुदीप आमा, बहिनी र ज्वाइँसहित घुम्नका लागि कश्मीर पुगेका थिए ।