आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध


    हुलाक प्रेस

    • बिहीबार , वैशाख ११ २०८२०२:३३
    पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध
    फाइल तस्वीर

    किमााथाङ्का (सङ्खुवासभा) ।  उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी-किमाथाङ्का खण्ड अवरुद्ध भएको हो । 

    बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी(किमाथाङ्का खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु-३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसधान सञ्चालन हुन सकेका छैनन् ।

    माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर-दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन् । रासस


  • सम्बन्धित विषय:

  • # #pahiro
  • # #landslide
  • प्रतिक्रिया दिनुहोस