काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।
उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, “भोलिको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ,” ।
शुक्रबार दिउँसो १ बजे संसद् बैठक बस्ने छ ।