बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मौसमः तराईमा तातो हावा चल्ने, तापक्रम ४२ डिग्री सेल्सियससम्म पु्ग्ने


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १२ २०८२०८:२८
    मौसमः तराईमा तातो हावा चल्ने, तापक्रम ४२ डिग्री सेल्सियससम्म पु्ग्ने

    काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम सफा रहने भएको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    आज पनि लुम्बिनी, मधेस प्रदेशलगायत तराईका क्षेत्रमा गर्मी बढ्नेछ । हिजोबाट तराईका केही स्थानमा तातो हावाको लहर चलिरहेको छ । आज धनगढी र नेपालगञ्जमा ३९ देखि ४१, भैरहवामा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने मौसमविद्को भनाई छ । 

    काठमाडौंमा हिजो अधिकतम तापक्रम ३३.५ रहेकोमा आज ३२ देखि ३४ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान रहेको छ ।

    कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    विभागका अनुसार राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 


    प्रतिक्रिया दिनुहोस