आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा एमसीसी परियोजना बन्द नहुने !


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १२ २०८२१२:१८
    नेपालमा एमसीसी परियोजना बन्द नहुने !

    काठमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालमा नरोकिने भएको छ । 

    समाचार संस्था रोयर्टसले हाल सञ्चालनमा रहेका मंगोलिया, सेनेगल, नेपाल र आइभरी कोस्टका कार्यक्रम बन्द नहुने जनाएको छ । 

    “एमसीसीका एक कर्मचारीले रोयटर्सलाई बताएअनुसार मंगोलियामा फोहोर पानी प्रशोधन प्लान्ट, सेनेगल र नेपालमा विद्युतीय पावर ग्रिड र आइभरी कोस्टका विद्यालयसहित केही सक्रिय निर्माण परियोजनाहरूबाहेक एजेन्सीको सबै काम रोक्न आदेश दिइएको थियो,” रोयटर्सले लेखेको छ । 

    अर्थ मन्त्रालयले भने एमसीसीको विषयमा आधिकारिक पत्र प्राप्त नभएसम्म केही भन्न नसकिने बताएको छ । मन्त्रालयका प्रवक्ता श्याम भण्डारीले एमसीसीले आधिकारिक रूपमा पत्र पठाएपछि मात्रै थप बताउन सकिने जानकारी दिए ।  
     


    प्रतिक्रिया दिनुहोस