बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारत-पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित


    हुलाक प्रेस

    • शनिबार, वैशाख १३ २०८२०९:३२
    भारत-पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित

    काठमाडौँ । जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव फेरि बढेको छ। जसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चिन्तित भएका छन्।

    ट्रम्पले भनेका छन्, ‘म भारतसँग धेरै नजिक छु र म पाकिस्तानसँग पनि धेरै नजिक छु। उनीहरू हजारौँ वर्षदेखि कश्मीरका लागि लडिरहेका छन्। कश्मीर मुद्दा हजारौँ वर्षदेखि चलिरहेको छ र सायद त्योभन्दा पनि लामो समयदेखि।’

    उनले अगाडि भनेका छन्, ‘पहलगाममा एउटा नराम्रो आक्रमण (आतंकवादी हमला) भएको थियो र त्यो सीमामा १५०० वर्षदेखि तनाव छ। यो त्यस्तै छ, तर मलाई विश्वास छ- उनीहरूले यसलाई कुनै न कुनै रूपमा समाधान गर्नेछन्। म दुवै नेताहरूलाई चिन्छु। पाकिस्तान र भारतबीच धेरै तनाव छ।’

    यसअघि संयुक्त राष्ट्र संघले समेत चिन्ता व्यक्त गर्दै भारत र पाकिस्तान दुवैलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएसँगै भारत विभाजित भयो। भारत र पाकिस्तान बन्यो। 

    त्यसबेलादेखि नै दुई देशबीच कश्मीरका विषयमा विवाद छ। पहलगाममा यही अप्रिल २२ का दिन आतंककारीले एक नेपालीसमेत २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीचको विवाद थप चर्किएको छ। उनीहरूले एकअर्काविरुद्ध कूटनीतिक कारबाही घोषणा गरेका छन्।  


    प्रतिक्रिया दिनुहोस