बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ओली र देउवाबीच यसै साता नयाँ गभर्नर नियुक्ति गर्ने सहमति


    हुलाक प्रेस

    • आइतबार, वैशाख १४ २०८२१०:४१
    ओली र देउवाबीच यसै साता नयाँ गभर्नर नियुक्ति गर्ने सहमति
    फाइल तस्वीर

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको छ ।

    शनिबार साँझ दुई घण्टासम्म बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको वार्तामा ओली र देउवाबीच यस्तो सहमति बनेको हो । 

    ओली र देउवा यसअघि नै डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भइसकेका छन् । 

    गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य सहेको सिफारिस समिति गठन गरेको थियो । तर, सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । 

    स्रोतका अनुसार, सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको रिक्त पदमा एक सदस्य नियुक्त गर्ने र बिहीबारसम्म गभर्नर नियुक्त गरिसक्ने समझदारी नेताहरूबीच बनेको छ । महाप्रसाद अधिकारीले गत चैत २५ गते अवकाश पाएपछि गभर्नरको पद रिक्त छ ।


    प्रतिक्रिया दिनुहोस