आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राज्य जसरी आउँछ, अब हामी त्यसरी नै आउँछौँ : शिक्षक महासंघ


    हुलाक प्रेस

    • आइतबार, वैशाख १४ २०८२०९:५९
    राज्य जसरी आउँछ, अब हामी त्यसरी नै आउँछौँ : शिक्षक महासंघ

    काठमाडौं । शिक्षक महासंघको आकस्मिक बैठक सकिएको छ । शिक्षक आन्दोलनका क्रममा आइतबार झडप भएपछि महासंघले समीक्षाका निम्ति आकस्मिक बैठक डाकेको थियो ।  

    काठमाडौंको रत्नराज्य विद्यालयमा सम्पन्न बैठकमा विगत एक महिनादेखि जारी आन्दोलन र झडपका विषयमा समीक्षा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।  

    महासंघको आकस्मिक बैठकले शिक्षकहरूमाथि भएको दमनको घोर भर्त्सना गर्ने निर्णय गरेको छ । महासंघले बैठकमा शिक्षकहरूका विभिन्न घटकहरूसँग आगामी कार्यदिशाका विषयमा रायसुझाव लिएको थियो । 

    सो क्रममा संघीय शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्न शिक्षक सम्बद्व घटकहरूले सुझाव दिएका थिए । 


    प्रतिक्रिया दिनुहोस