आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पर्सा प्रहरीको प्रतिवेदन : रविसहित ४१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय


    हुलाक प्रेस

    • आइतबार, वैशाख १४ २०८२१०:०४
    पर्सा प्रहरीको प्रतिवेदन : रविसहित ४१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४१ जनामाथि मुद्दा चलाउने पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित ४१ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रतिवेदन शुक्रबार नै बुझाइएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

    हाल रवि लामिछने रुपन्देही कारागारमा छन् । सानोपाइलाबाहेक उनीविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको सहारालगायत पाँचवटा सहकारी ठगीको मुद्दा अदालतमा विचाराधीन छ । 


    प्रतिक्रिया दिनुहोस