आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • घरमा बसिरहेको बेला चट्याङ लागेर ४२ बर्षीय पुरुषको मृत्यु, दुईजना घाइते


    हुलाक प्रेस

    • सोमबार, वैशाख १५ २०८२११:४०
    घरमा बसिरहेको बेला चट्याङ लागेर ४२ बर्षीय पुरुषको मृत्यु, दुईजना घाइते
    गोरखा । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
     
    चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए ।
     
    आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
     
    मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै  आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • # #thunder
  • # #chatyang
  • प्रतिक्रिया दिनुहोस