बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा १४ सयले घट्यो


    हुलाक प्रेस

    • सोमबार, वैशाख १५ २०८२१२:०६
    सुनको मूल्य तोलामा १४ सयले घट्यो

    काठमाडौँ । आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।

    आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर  एक हजार ९७० कायम भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस