आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • वायु सेवा निगमले भाडा वापत २० वर्षअघिदेखि पाएन भुक्तानी, ज्ञानेन्द्र शाहले तिरेनन् प्लेन चढेको पौने पाँच करोड


    हुलाक प्रेस

    • सोमबार, वैशाख १५ २०८२०२:१२
    वायु सेवा निगमले भाडा वापत २० वर्षअघिदेखि पाएन भुक्तानी, ज्ञानेन्द्र शाहले तिरेनन् प्लेन चढेको पौने पाँच करोड

    काठमाडौं । नेपाल वायुसेवा निगमले २० वर्ष अगाडि देखिको भुक्तानी नपाएको पाइएको छ ।

    भुक्तानी नपाउनेमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सन् २००५ मा २००५ नोभेम्बर १० देखि डिसेम्बर २ सम्म अफ्रिका भ्रमण गर्दा लागेको ४ करोड ८७ लाख ५६ हजार ९८२ रुपैयाँ तिरेका छैनन् । त्यति बेला शाह राष्ट्र प्रमुखको हैसियतमा विदेश भ्रमणमा थिए । शाहले प्लेन भाडा नतिरेको विषय ‘वायुसेवा निगमको वर्तमान अवस्थाको विश्लेषण र सुधारका उपायहरु नामक प्रतिवेदन’मा उल्लेख छ ।

    निगमले सो भाडा रकम भुक्तानीका लागि पाँच पटक भन्दा बढी सरकारलाई ताकेता गरिसकेको छ । निगमले २०७६ चैत १५ गते कोभिड महामारीको समयमा ओम्नी र नेपाल सरकारले भुक्तानी गर्नुपर्ने औषधी सामग्रीको भुक्तानीसमेत अझै नपाएको उल्लेख गरेको छ ।

    कोरोना महामारीको बेला सरकारले ओम्नीसँग मिलेर औषधी ढुवानीमा अनियमितता गरेको आरोप लागेको र सार्वजनिक लेखा समितिले भ्रष्टाचार भएको भनेर ठहर भएको उक्त सामान ढुवानीको पनि निगमले अझै १ करोड ९४ लाख २२ हजार ७७४ रुपैयाँ पाउनै बाँकी रहेको उल्लेख छ ।

    विश्वव्यापी कोरोना महामारीको बेला कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको थियो । तत्कालीन सरकारले ०७६ चैत ११ गते २४ घण्टे सूचना जारी गर्दै एक करोड तीन लाख ९४ हजार ४ सय अमेरिकी डलरमा औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता ओम्नीसँग गरेको थियो । उक्त सम्झौताअनुसार ओम्नीले चीनबाट २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो ।

    सरकारले ओम्नीलाई २०७६ चैत १२ मा एक अर्ब २४ करोड रुपैयाँको औषधी खरिद गर्न गरेको सम्झौता अनुसार वायुसेवा निगमले तीन दिनपछि नै (१५ चैतमा) सरकारको आग्रह अनुसार चीनबाट सामान ढुवानी गरेको थियो । उक्त सामान ढुवानी वापत निगमले पाउनुपर्ने १ करोड ९४ लाख रुपैयाँ पाउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    वायुसेवा निगमले १२ सेप्टेम्बर २०२२ मा पाकिस्तान सरकारलाई राहत सामग्री पुर्याउँदाको जहाज भाडा १ करोड १४ लाख १२ अक्टोबर २०२३ मा इजरायलबाट घाइते तथा मृत्यु भएकाको शव ल्याउँदाको भाडा वापातको ५ करोड ७८ लाख रुपैयाँ अझै नपाएको पनि उल्लेख गरेको छ । निगमले सरकारबाट कुल १३ करोड ७३ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ ।


  • सम्बन्धित विषय:

  • # #gyanendrasha
  • प्रतिक्रिया दिनुहोस