बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन खोजियो : सांसद गैरे


    हुलाक प्रेस

    • मंगलबार, वैशाख १६ २०८२०२:०२
    शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन खोजियो :  सांसद गैरे

    काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजिएको बताएका छन् ।

    आजको बैठकमा बोल्दै गैरेले आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने प्रयास गरिएको टिप्पणी गरेका हुन् । 

    उनले सरकार ढालेर प्रधानमन्त्री बन्ने असफल प्रयास बन्द गर्न पनि आग्रह गरे ।

    उनले भने, “पेसागत, संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने, सरकार ढाल्ने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न बन्द हुनुपर्छ । ” 

    बुधबार (वैशाख १७) सम्ममा वार्ता निष्कर्षमा पुर्‍याउनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।


  • सम्बन्धित विषय:

  • # #thakurgaire
  • प्रतिक्रिया दिनुहोस