बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग


    हुलाक प्रेस

    • मंगलबार, वैशाख १६ २०८२०२:१९
    कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वा० की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेकी छन् ।
    सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताइन् ।
     
    बैठकको विशेष समयमा उनले भने, “कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ रु कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।” 

    सांसद महेन्द्र राय यादवले शिक्षकहरुका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाए । उनले भने, “आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।” कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उनले जोड दिए । रासस


  • सम्बन्धित विषय:

  • # #samsadbaithak
  • प्रतिक्रिया दिनुहोस