काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले पारित गरेको हो ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा भन्सार विधेयक प्रतिनिधिसभाम दर्ता गरेका थिए ।