आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बढुवा भएका ६ एआईजीको जिम्मेवारी तोकियो, सीआईबीमा खापुङ, मानव स्रोतमा कार्की


    हुलाक प्रेस

    • मंगलबार, वैशाख १६ २०८२०९:४८
    बढुवा भएका ६ एआईजीको जिम्मेवारी तोकियो, सीआईबीमा खापुङ, मानव स्रोतमा कार्की

    काठमाडौँ । नेपाल प्रहरीका हालै बढुवा भएका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी तोकिएको छ ।

    प्रहरी प्रधान कार्यालयले चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसीलाई जिम्मेवारी तोकेको हो ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा खापुङ र मानव स्रोतमा कार्कीलाई जिम्मेवारी दिइएको छ भने आचार्यलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको हो ।


    प्रतिक्रिया दिनुहोस