काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा आज पनि निष्कर्षविहीन भएको छ ।
मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री रघुजी पन्तसहितका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेको हो । पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित आफूहरुलाई आश्वस्त पार्न भनेपछि बैठक निष्कर्शमा पुग्न सकेन । यद्यपी आउँदो २१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा नरोक्ने तर आन्दोलन भने निरन्तर जारी राख्ने वार्ता टोलीका एक प्रतिनिधिले जानकारी दिए ।
हामीले विश्वस्त हुने आधार के छ भनेर शिक्षा मन्त्री र अर्थमन्त्रीसँग सोध्यौ हामी छलफल गरेर निचोडमा पुग्छौ सकारात्मक हुनुहोस् भनेपछि हामी फर्कियौँ । सम्भवत भोली मन्त्रिपरिषद् बैठक बसेर केही निर्णय आउला भन्ने अपेक्षामा हामी छौ, ति प्रतिनिधीले भने ।
आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री तथा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।