काठमाडौं । सरकारसँग शिक्षकहरूको वार्ता आज पनि टुंगिन सकेन । राति साढे १० बजे वार्ता सकिएपछि पत्रकारलाई छल्दै शिक्षक नेताहरू पछिको ढोकाबाट निस्किए ।
महासंघका एक पदाधिकारीले अनौपचारिक कुरा गर्दै कक्षा १२ को परीक्षा नरोकिने र भोलि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताए ।
‘मन्त्रिपरिषदले पूरा गर्न सक्ने मागहरूमा भोलि नै निर्णय हुनुपर्छ भनेका छौं । त्यो भएमा १२ को परीक्षा सञ्चालन हुन सक्छ । तर सबै माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन’, ती पदाधिकारीले भने ।