आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौँ आइपुगे


    हुलाक प्रेस

    • बुधबार, वैशाख १७ २०८२०२:२१
    भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौँ आइपुगे

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । उनी तीन  दिने बसाइका लागि आज बिहान काठमाडौं आएका हुन् ।

    सुरक्षा स्रोतले भन्यो, ‘उहाँ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको हो । थप कुरा थाहा छैन ।’

    उनी काठमाडौं आउनुको कारण औपचारिक रुपमा खुलेको छैन । यद्यपि नेपाल आएको बेला उनले राजनीतिक भेटघाट गर्ने स्रोतले बतायो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले औपचारिक भ्रमणको निम्तो नदिइरहेका बेला चौथाइवालेको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ ।


    प्रतिक्रिया दिनुहोस