बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबिच भेटर्वार्ता


    हुलाक प्रेस

    • बुधबार, वैशाख १७ २०८२०६:११
    गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबिच भेटर्वार्ता

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आज भेटवार्ता गरेका छन् ।

    नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । 

    भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी  आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे ।

    मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताए । 

    सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे ।  

    “नेपाल–भारतबीचको सम्बन्ध दृढ छ”, उनले भने, “कुनै पनि विषयले मित्रवत सम्बन्धमा असर पर्दैन ।” उहाँले कश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गरे । विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त गरे । 


    प्रतिक्रिया दिनुहोस