बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो मूल्य ?


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १८ २०८२०९:३३
    पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो मूल्य ?

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

    निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो । 

    हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । 

    खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियमको नयाँ खरिद मूल्य घटेर आएको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलमा २.१६, डिजेलमा १.३०, हवाइ इन्धनमा ४.३३ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँ घटेर आएको निगमले उल्लेख गरेको छ । 

    सोसँगै नेपालमा पनि पेट्रोलियम सस्तिएको हो । 


    प्रतिक्रिया दिनुहोस