शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुन्छ : परीक्षा बोर्ड


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १८ २०८२०७:४७
    कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुन्छ : परीक्षा बोर्ड

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा तोकिएकै समयमा हुने जानकारी दिएको छ । यसअघि वैशाख ११ देखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण वैशाख २१ गतेका लागि सरेको थियो । 

    बोर्डले महासंघको आन्दोलन स्थगन भइसकेकाले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मिति (०८२ वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म) र निर्धारित परीक्षा केन्द्रमा सञ्चालन हुने जानकारी गराएको हो । 

    अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरेर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले भ्रममा नपर्न आग्रह पनि गरेको छ । 


    प्रतिक्रिया दिनुहोस