शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • माछापोखरीको व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुदाँ रोकिए फोहोर बोकेको गाडी


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १९ २०८२११:२८
    माछापोखरीको व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुदाँ रोकिए फोहोर बोकेको गाडी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् ।

    नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सिसडोल डम्पिङ साइट हिँडेका गाडीलाई तीनपिप्लेमै रोकिएको हो ।
      
    स्थानीयले सडक बन्द गर्दा काठमाडौंको फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले बताइन् ।

    “माछापोखरीको फुटपाथ व्यापार हटाउँदा उहाँहरूले फोहोरका गाडीहरू रोक्नुभएको छ । उहाँहरूसँग कुरा गर्न पर्खिरहेको छु,” राईले भनिन् ।


    प्रतिक्रिया दिनुहोस