बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १९ २०८२०३:१८
    नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्नका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री र सांसदहरू संसद् भवन पुगिसकेका छन् । नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

    संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ ।

    यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

    प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । त्यसपछि नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद् बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् ।


    प्रतिक्रिया दिनुहोस