बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ठूला र बहुउद्देश्यीय आयोजना निर्माण गरी सुक्खायामको बिजुली सहज बनाइने


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १९ २०८२०३:५६
    ठूला र बहुउद्देश्यीय आयोजना निर्माण गरी सुक्खायामको बिजुली सहज बनाइने

    काठमाडौं । विद्युत्‌को माग अधिक हुने समयको माग पूरा गर्न जलाशययुक्त आयोजना अघि बढाइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ठूला र जलाशययुक्त आयोजना अघि बढाइने जनाए ।

    बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजना अघि बढाइने पौडेलले बताए । ऊर्जा सुरक्षा कायम गर्नको लागि पनि बहुउद्देश्यीय आयोजनाको लागि उपयुक्त मोडेल अपनाइने बताए । 

    राष्ट्रिय ग्रीड नपुगेका ठाउँमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति गरिने बताए । प्रसारण लाइन निर्माण, ह्वीलिङ चार्ज शुल्क निर्धारण अन्य आवश्यक र नीतिगत नियम बनाइने उल्लेख गरे ।


    प्रतिक्रिया दिनुहोस