बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १९ २०८२०५:५५
    कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् ।

    संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले बलियो आँटसहित नआएको गुनासो गरे ।

    ‘कमजोर नै छ त भन्दिनँ । जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ,’ उनले भने । नीति तथा कार्यक्रमको प्रतिवद्धता र दृढता मुख्य कुरा भएको उनको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस