शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • महिमानसिंह विष्टविरुद्ध अदालतको आदेश किर्ते गरेको कसुरमा अनुसन्धान


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १९ २०८२०६:४६
    महिमानसिंह विष्टविरुद्ध अदालतको आदेश किर्ते गरेको कसुरमा अनुसन्धान

    काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ । बुधवार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने गरेपछि विष्ट पक्राउ परेका थिए ।

    उनीविरुद्ध मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ सँग सम्बन्धित कसुरमा म्याद लिएर अनुसन्धान गर्न अदालतबाट ४ दिनको अनुमति लिएको छ ।

    मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ अनुसार अदालतको फैसला र आदेश किर्ते गर्न मिल्दैन । सो कसुर गर्नेलाई ८ वर्ष कैद र ८० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । 


    प्रतिक्रिया दिनुहोस