काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंसहित केही भूभागमा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।