शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भारतको उत्तरी गोवाको मन्दिरमा भागदौड, चार जनाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, वैशाख २० २०८२०९:४०
    भारतको उत्तरी गोवाको मन्दिरमा भागदौड, चार जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तरी गोवाको शिरगाउँमा रहेको श्री लेराई देवी मन्दिरमा भागदौड हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

    समाचार एजेन्सी पीटीआईका अनुसार गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मापुसास्थित उत्तरी गोवा जिल्ला अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन् । 

    एक वरिष्ठ प्रहरी अधिकारीले उत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजनहरू मन्दिरमा पुगेका थिए ।

    भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । बीबीसी


    प्रतिक्रिया दिनुहोस