काठमाडौँ । नेपालको अग्रणी निजी विमान सेवा प्रदायक संस्था बुद्ध एयरको प्रेरणादायी यात्रा समेटिएको पुस्तक ‘बाई द बुक’ को औपचारिक विमोचन गरिएको छ ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्धारा लिखित पुस्तक शनिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको हो ।
कर्मचारी सञ्चयकोषका पूर्वप्रमुख प्रशासक संसारभक्त श्रेष्ठ, हिमालयन बैंकका सीइओ अशोक सम्शेर जबरा र श्रीमती सुनिता बस्नेतले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा बस्नेतले आफ्नी आमा आशारानी बस्नेतबाट पुस्तक ग्रहण गरेका थिए ।