शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मेलम्ची खानेपानी वितरण बन्द


    हुलाक प्रेस

    • आइतबार, वैशाख २१ २०८२११:११
    मेलम्ची खानेपानी वितरण बन्द

    काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ ।

    केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ । लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ ।

    मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस