शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ७ जना डीआईजीको सरुवा,बागमतीमा अरुण पौडेललाई जिम्मेवारी


    हुलाक प्रेस

    • आइतबार, वैशाख २१ २०८२१०:२५
    ७ जना डीआईजीको सरुवा,बागमतीमा अरुण पौडेललाई जिम्मेवारी

    काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन् ।

    प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ । मधेश प्रदेशमा उमाप्रसाद चतुरवेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य र लुम्बिनीमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको हो ।

    यस्तै सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर बिकलाई सरुवा गर्दा गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ ।

    यसअघि कोसी प्रदेशमा कार्यरत राजन अधिकारी, मधेश प्रदेशमा कार्यरत लालमणी आचार्य र बागमती प्रदेशमा कार्यरत कृष्णहरि शर्मा पोखरेल एआईजीमा बढुवा भएका थिए ।

    गण्डकी प्रदेश र सुदूरपश्चिमका प्रहरी प्रमुख चैत ५ गते अवकास भएपछि रिक्त थियो । लुम्बिनीका प्रहरी प्रमुख दानबहादुर कार्की र सीआईबीका डीआईजी चन्द्रकुवेर खापुङ एआईजीमा बढुवा भएका थिए । कर्णाली प्रदेशमा भने कसैलाई पनि खटाइएको छैन । त्यहाँ एसएसपीले नै लामो समयदेखि कमाण्ड गरिरहेका छन् ।


    प्रतिक्रिया दिनुहोस