शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल हुने


    हुलाक प्रेस

    • सोमबार, वैशाख २२ २०८२०७:२२
    नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल हुने
    तस्वीर : रासस

    काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ ।

    बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । 

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ । 

    नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
     


    प्रतिक्रिया दिनुहोस