बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गरे हुन्छ : सुर्य थापा


    हुलाक प्रेस

    • सोमबार, वैशाख २२ २०८२०१:१८
    सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गरे हुन्छ : सुर्य थापा

    काठमाडौं ।  नेकपा (एमाले)का सांसद सूर्य थापाले सत्ता साझेदारबीच संयन्त्रको अभ्यासमा समस्या आएको भए त्यसलाई खारेज गर्न सुझाव दिएका छन् । 

    सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सत्ता साझेदार दल एमाले र नेपाली कांग्रेसबीच संयन्त्रले समस्या भयो भन्ने लागेको भए प्रमुख नेताबीच छलफल गरेर खारेज गर्नुपर्ने बताएका हुन् । 

    “सत्ता साझेदारबीच संयन्त्रको अभ्यास समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर छलफल गरेर त्यसलाई खारेज गरे हुन्छ, विघटन गरे हुन्छ,” उनले भने, “र, छलफल गरेर टुंगोमा पुगे हुन्छ । अस्थितरतालाई मलजल गर्ने काम सत्ता साझेदार कसैले पनि गर्न हुँदैन ।”

    उनले अहिले सत्ता गठबन्धनको विपरीतमा कुनै काम नभएको दाबी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे ।  


  • सम्बन्धित विषय:

  • # #suryathapa
  • प्रतिक्रिया दिनुहोस