बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बढ्यो सुनको मुल्य


    हुलाक प्रेस

    • मंगलबार, वैशाख २३ २०८२१२:२६
    बढ्यो सुनको मुल्य

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । 

    सोमबार प्रतितोला रु एक लाख ८४ हजार ६०० मा किनबेच भएको सुन आज बढेर रु एक लाख ८९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
    रासस


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस