शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालको दाहसंस्कार विद्युतीय शवदाह गृहमा हुने, कुनै श्रद्धाञ्जली सभा नराखिने


    हुलाक प्रेस

    • मंगलबार, वैशाख २३ २०८२०५:५७
    नेपालको दाहसंस्कार विद्युतीय शवदाह गृहमा हुने, कुनै श्रद्धाञ्जली सभा नराखिने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको दाहसंस्कार विद्युतीय शवदाह गृहमा गरिने भएको छ । 

    प्रदीप नेपालको दाहसंस्कारका लागि साँझ ६ बजेको समय तोकिएको पारिवारिक सदस्यहरूले जानकारी दिए । नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको पारिवारीक स्रोतले जनाएको छ ।

    केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको आज उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । 


    प्रतिक्रिया दिनुहोस