बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमण, ८ जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, वैशाख २४ २०८२०५:५६
    मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमण, ८ जनाको मृत्यु

    काठमाडौँ । भारतले मंगलबार मध्यरातमा गरेको हवाई आक्रमणबाट पाकिस्तानमा आठ जनाको मृत्यु भएको छ ।

    पाकिस्तान आर्मी इन्टर–सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म आठ जनाको मृत्यु र ३५ जना घाइते भएको जनाएका छन् । 

    मंगलबार राति भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ ।

    भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।
     


    प्रतिक्रिया दिनुहोस